2026-07-10 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई फाइदा हुने भएपछि मात्र आइफा अवार्ड आयोजना गर्न दिइने: प्रम ओली

2019-07-05

असार २०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धूम्रबाराहीमा  आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले  अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने  बताउँदै भन्नुभयो, ‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’’ 

उहाँले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भन्नुभयो, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’

उहाँले आगामी वर्ष २० लाख  पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताउनुभयो । 

 यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै उहाँले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्तगर्नुभयो । 

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत  दिइने बताउनुभयो । उहाँले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताउनुभयो । ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘  एकता विलम्ब उपयुक्त छैन ।  यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उहाँले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने स्पष्ट गर्नुभयो । 

 कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री  कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो