2026-07-10 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिएको आरोपमा मुद्दा दायर

2019-07-05

असार २०, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ ।

 यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेलाई जरिवाना बापतको रु दुई सयको चिट हवल्दार सिंहले काटेको घटनाक्रमबाट खुलेको छ । 

न्यौपानेले कागजात नभएको भन्दै रु २०० चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए । भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक-पटक गरी न्यौपानेलाई रु एक लाख उपलब्ध गराएका थिए । 

आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो