असार  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार 
२०८२, ८ चैत्र आईतवार
काठमाडौँ - KTM

दाङमा खेत जोत्ने क्रममा एक बालकको मृत्यु, एक जना घाइते

२०७६, २० असार शुक्रबार १४:५३

असार २०, घोराही घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् । 

ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक जनालाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा परी १४ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका ११ वर्षीय सुभास चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सुभासको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बेलुकी करीब साढे ५ बजेको समयमा रा१त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

प्रदेशका १७६  प्रहरी कारवाहीमा

प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् ।

प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार प्रहरी जवान ११६, प्रहरी हबलदार २५, प्रहरी सहायक निरीक्षक नौ र प्रहरी निरीक्षक सात जना कारवाहीमा परेका छन् । नौ जनालाई निलम्बन तथा सात जनालाई तलब स्केलमा घटुवा गरिएको छ । 

त्यस्तै नसिहदमा ९९, पदोन्नति रोक्का १३, तलबवृद्धि रोक्का १०, सेवाबाट हटाइएका १६, तल्लो टाइमस्केलमा घटुवा एक, सक्त चेतावनी १६ र चालचलन प्रतिकूल रहेका पाँच जना रहेका छन् । 

प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार प्रदेश प्रहरी कार्यालयबाट तीन, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सात, प्रदेशको सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट एक र प्रदेशको दनिप्र गण सुनवल नवलपरासीबाट चार जना कारवाहीमा परेका छन् । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५, अर्घाखाँचीबाट ११, कपिलबस्तुबाट २०, नवलपरासीबाट नौ, पाल्पाबाट चार, प्यूठानबाट दुई, बाँकेबाट ३२, रुकुमबाट दुई, बर्दियाबाट २८, दाङबाट ३०, रोल्पाबाट सात र गुल्मीबाट एक जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार सन्तोसजनक काम नगरेको, आदेश नमानेको, अनुसासनहीन काम गरेकोजस्ता कारवाही गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा