२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार

२१ असार २०७६, शनिबार ०२:०४

असार २१, दैलेख | वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको छ । 

दुल्लु नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरवी गाउँपालिका–१ रावतकोटको रातीखाल सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन कार्यक्रम लागू गर्न लागिएको डिभिजन वन कार्यालय दैलेखका डिभिजन वन अधिकृत मुन रावतले बताउनुभयो । “दुई वटा सामुदायिक वनको ३०६ हेक्टर क्षेत्रफलमा वैज्ञानिक व्यवस्थापन गर्न लागेका हौँ”, डिभिजन वन अधिकृत रावतले भन्नुभयो, “यो कार्यक्रमबाट २७० घरधुरी लाभान्वित हुनेछन् ।” स्थान ओगटी राखेका वृद्धि रोकिएका बुढा रुख काट्दै नयाँ रुख उत्पादन गर्ने योजनासहित व्यवस्थापन विस्तार गरिएको उहाँको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापनले वन डढेलो नियन्त्रण, चक्रीय चरिचरणमा बन्देज गरिनुका साथै पानी सिञ्चित र गोडमेल गरिनेछ । 

वनको विभिन्न खण्डमा विभाजन गरी १० वर्षे कार्ययोजना निर्माण गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिले वैज्ञानिक वन व्यवस्थापनका लागि निर्णयसमेत गरेका छन् । सय हेक्टरभन्दा बढी क्षेत्रफल भएको, उपभोक्ताको सक्रियता र कम भिराला क्षेत्रलाई रोज्ने क्रममा तीन महीना अघि दुई सामुदायिक वनलाई छनोट गरिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिनुभयो । वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने भैरवी गाउँपालिका–१ का वडाध्यक्ष काशीराम कार्की बताउनुभयो । 

दैलेखको एक लाख ५० हजार २०० हेक्टर भू–भागमा ७८ हजार १५७ हेक्टर वन क्षेत्रले ओगटेको छ । यहाँको वन क्षेत्रबाट वार्षिक २४ लाख ८२ हजार क्युफिट काठ, पाँच हजार चट्टा दाउरा उत्पादन क्षमता रहेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । चालू आर्थिक वर्षमा जिल्लाका ५६ सामुदायिक वन उपभोक्ता समूहले ४८ हजार ५५ साल, ३६ हजार ७९ सल्ला र २५५ गरी ८७ हजार ८९ क्युफिट काठ र ११ चट्टा दाउरा कटानको अनुमति लिएको वन डिभिजन दैलेखले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान