२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा आकाशे पानीको भर पर्दा किसान निराश

२२ असार २०७६, आईतवार ०७:५१

असार २२,  कञ्चनपुर  |  कञ्चनपुर बेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् । 

सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाँझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु दैनिकी बनेको छ”, जोशीले भन्नुभयो– “वर्षात नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”

असार महीना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसान निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका बेदकोट नगरपालिका–२ देवदत्त जोशी पनि सिँचाइ नहँुदा समस्या भएको बताउँछन् । 

विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट््युवेल निमार्ण गरे पनि सञ्चालनमा आउन सकेको छैन । ६० बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिएको भए पनि वर्षांैसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।

उहाँले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार सङ्कलन गरेको भए पनि त्यसको लेखाजोखा नभएको बताउनुभयो । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशीले भन्नुभयो, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो । ”

स्थानीयवासी इन्द्रवती जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएकोे बताउनुभयो । “ यस्तै रहे खेत बाँझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”,उहाँले भन्नुभयो, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको छ । ”

भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड््युप ट््युवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दाबी गर्नुभयो । उहाँले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिनुभयो । ट््युवेल बिग्रेको भए पनि किसानको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।तर किसानले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाइ नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्तगतिमा छ । कैलालीको मालाखेतीसम्म १५१  किलोमिटर मूलनहर निर्माण गर्ने भनिए पनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य