३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पर्याप्त वर्षा नहुँदा दाङका अधिकांश खेत बाँझै

२२ असार २०७६, आईतवार ११:००

असार २२, दाङ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका  अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै रहेको छ ।

कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीऊसम्म राखेका छन् । कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । 

छिटफुट रुपमा दाङमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले कुुलोमा केहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।’’ उहाँले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताउनुभयो । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । समयमा पानी नपरेपछि धानको बीऊ बोरिङको पानी प्रयोग गरेर राखेको बताउँदै उहाँले आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गर्नुभयो । 

तुलसीपुर नगरपालिका–६ रजौराका  ५५ वर्षीया ज्ञानु चौधरीले पनि पानी नहुँदा अहिलेसम्म एक कठ्ठा जमीनमा पनि धान रोप्न नसकेको बताउनुभयो । कृषि ज्ञान केन्द्र घोराहीले दाङमा हालसम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ  केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका  विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा धान रोपाइँ  भएको बताउनुभयो । 

उहाँले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन नसकेको बताउनुभयो । उहाँले धेरै ठाउँमा किसानहरुले ब्याड राखी, खेत जोतिसकेका र एक÷दुई दिनमा वर्षा हुने लक्षण देखिएको छ, वर्षा भएपछि रोपाइँ धमाधम हुने उहाँले बताउनुभयो । 

बस्नेतका अनुसार दाङमा अधिकाश किसानले राधा ४, हर्दिनाथ, रामधन,  सुख्खा १, सुख्खा ३, मनसुली जातको धानखेती गर्ने गरेका छन् । दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । त्यसमध्ये केही जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा समेत हँुदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ