२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमा मार्ने छोरा पक्राउ

२०७६, २४ असार मंगलवार १५:५३

असार २४, पर्सा । आफ्नै छोराले आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीको धारिलो हतियार प्रहार गरी आज हत्या गरेको हो । 

घरमा रहेको भैँसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैँसी बिक्री गरेको भनेपछि विवाद हुँदा आक्रोशित छोरा गुड्डुले आमालाई घरमा रहेको धारिलो हतियार प्रहार गर्न थालेपछि ज्यान जोगाउन भाग्ने क्रममा लखेट्दै गएका छोराले घरबाट करीब चार सय मिटर पर पुगेपछि शोभादेवीको घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीयवासी र परिवारका सदस्यले गुड्डुलाई रोक्न नसक्दा शोभामाथि हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्त गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शवपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा