२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६, २७ असार शुक्रबार ११:१३

असार २७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको बताउनुभयो । 

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

विमान धावन मार्ग नजिक धस्सिएकाले अहिलेकै अवस्थामा कुनै पनि उडान गर्न सकिन्न । विमान निकाल्न अझै कति समय लाग्ने टुङ्गो छैन । अहिलेको अवस्थामा उडान गर्न सकिने भए पनि सुरक्षा चासोलाई मध्यनजर गरी सेवा पुनः सञ्चालन गर्न नसकिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भइरहेको छ । उपलब्ध सबै संयन्त्र परिचालन गरिएको छ तर पनि सफलता मिलेको छैन । अहिलेकै अवस्थामा उडान गर्न सकिन्छ तर ‘सेफ्टी’ का कारण रोकिएको हो । धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले  अन्तर्राष्ट्रिय त उडान गर्नै मिल्दैन, आन्तरिक उडान चाँहि खोल्नेबारे छलफल भइरहेको छ ।”

काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको विमानस्थलले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो । 

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह