२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी तीन दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

२०७६, ३० असार सोमबार ०५:५९

असार ३०,काठमाण्डौ । आउँदो २४ घण्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले मौसम पूर्वानुमान महाशाखाले सचेत रहनअनुरोध गरेको छ । 

देशको पहाडी भूभागमा वर्षाका कारण पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यस्तै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

 अहिले देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भैरहेको छ । अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।

आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने महाशाखाले  पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।  

साउन १ गते बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय हुने पूर्वानुमान महाशाखाले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह