२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा बाढीले बगाएर बेपत्ता भएका बालक र वृद्धको शव फेला

२०७६, ३० असार सोमबार १२:५५

असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आइतबार दिउँसो २ बजे बाढीले बगाएर बेपत्ता भएका जलेश्वर–८ बस्ने मनोज ठाकुरका छोरा १२ वर्षीय प्रशान्तको शव आज फेला परेको हो ।

निज बालकसँग बेपत्ता भएका अर्का बालक पिपरा गाउँपालिका–३ बस्ने विजय ठाकुरका छोरा १३ वर्षीय युवराज ठाकुर अझै पनि बेपत्ता नै रहेका छन् भने उनको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले घटनास्थलमा खोजतलाश गरिरहेका छन् ।

बजराही गाउँबाट जलेश्वर जाने क्रममा दुवै बालक बाढीले बगाएर बेपत्ता भएका थिए ।

यसैबीच शुक्रबार जिल्लाको घाँस काट्न वनमा गएका बेला रातो खोलाले बगाएर बेपत्ता भएका बलवा नगरपालिका–२ बस्ने ७० वर्षीय हनिफ बैठाको पनि शव महोत्तरी गाउँपालिका–३ डाम्ही गाउँमा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह