२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा बाढीले बगाएर बेपत्ता भएका बालक र वृद्धको शव फेला

३० असार २०७६, सोमबार १२:५५

असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आइतबार दिउँसो २ बजे बाढीले बगाएर बेपत्ता भएका जलेश्वर–८ बस्ने मनोज ठाकुरका छोरा १२ वर्षीय प्रशान्तको शव आज फेला परेको हो ।

निज बालकसँग बेपत्ता भएका अर्का बालक पिपरा गाउँपालिका–३ बस्ने विजय ठाकुरका छोरा १३ वर्षीय युवराज ठाकुर अझै पनि बेपत्ता नै रहेका छन् भने उनको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले घटनास्थलमा खोजतलाश गरिरहेका छन् ।

बजराही गाउँबाट जलेश्वर जाने क्रममा दुवै बालक बाढीले बगाएर बेपत्ता भएका थिए ।

यसैबीच शुक्रबार जिल्लाको घाँस काट्न वनमा गएका बेला रातो खोलाले बगाएर बेपत्ता भएका बलवा नगरपालिका–२ बस्ने ७० वर्षीय हनिफ बैठाको पनि शव महोत्तरी गाउँपालिका–३ डाम्ही गाउँमा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य