२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको अस्पतालका २२ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

२०७६, ३१ असार मंगलवार ०९:१०

 असार ३१, (रासस/सिन्ह्वा)  ।  अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका  छन् । 

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ ।

अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ ।

उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ ।

उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले काम नगर्ने उनीहरुले जनाएका छन् ।

न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भन्नुभयो– अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँ माथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ ।   

हामीले अहिले जे देखिरहेका छौँ त्यसलाई आधारभूत रुपमा नै परिवर्तन गर्ने बेला हो यो– उहाँले भन्नुभयो । मजदुर प्रतिनिधिहरुले अति भएर नै यो मतदान गरेको उहाँको भनाई थियो ।

उहाँले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरुले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४६५ ओटा आक्रमणका घटना भएका थिए । पहिलो पटक वर्ष दिनमा यतिधेरै आक्रमणका घटना भएकोले आफूहरुमा असुरक्षा महसुश भएको पनि उहाँले बताउनुभयो ।

उहाँले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका विरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै विरामी र कहिलेकाहीँ विरामीका आफन्तहरुले पनि स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् सबै कर्मचारीहरुमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरुले विगत लामो समयदेखि बताउँदै आएका छन् । 

यहाँका चिकित्सकहरुले आफूहरुले जहिले पनि विरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन् । 

उनीहरुले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका विरामीहरुलाई कुनै पनि किसीमको अप्ठेरो नपार्ने नीति आफूहरुको रहेको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह