२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

२०७६, १ श्रावण बुधबार ०८:२७

साउन १,  (रासस/सिन्ह्वा) । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । 

मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । 

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । 

त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । 

त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । 

ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ । 

रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ । 

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भन्नुभयो– बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ । 

उहाँले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तमिा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पु¥याउन सक्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो ।

अहिले आफूहरु आपतकालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो– बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकोले यसले अmभैm पनि ठूलो क्षति पु¥याउन सक्ने खतरा रहेको छ । 

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् ।  यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ । 

त्यसैगरी नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति प¥ुयाएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ । 

उता बङ्गलादेशमा पनि बाढीले ठूलो असर पु¥याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । 

यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह