२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १०:२१

साउन १, काठमाडौँ | ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’आजदेखि लागू भएको छ । राजश्व अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो । 

व्यावसायिक प्रयोजनका मालवस्तु आयात-निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले थोक स्तरमा बिक्री गर्दा यस प्रणालीमा प्रवेश गरेर ढुवानी गर्नुपर्छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को व्यवस्थाअनुसार गत असार २३ गते राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि यो प्रणाली लागू गरिएको हो । यो प्रणाली प्रविष्ट गर्दा प्रयोगकर्ताले आफँैले युजर आइडी र पासवर्ड बनाउन सक्छन् ।

विभागको वेबसाइटमा लगइन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।

भिसिटिएसको शुभारम्भ गर्दै अर्थमन्त्री डा खतिवडाले भिसिटिएस व्यवसायलाई औपचारिक, वैध र पारदर्शी बनाउने कडी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भिसिटिएस विधिमा आउने व्यावहारिक कठिनाइ हामी पनि बुझ्छौँ, अपारदर्शी अनौपचारिक व्यवसायबाट हामी पारदर्शी व्यवसायतर्फ रुपान्तरित हुने क्रममा छौँ । यो क्रममा हामी प्रविधिको प्रयोगले व्यवसायीसँग ‘फेसलेस’विधिबाट ‘इन्टरफेस’गर्न खोजिरहेका छौँ ।”

उहाँले अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर र अनुहारका प्रतिक्रियाले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा पनि गर्ने अवस्था तथा प्रतिक्रिया पनि उत्पन्न हुने भएको उल्लेख गर्नुभयो । अर्थमन्त्रीले भिसिटिएसले व्यवसाय तटस्थ हुने र स्वविवेकीय अधिकारलाई स्वतः कम गर्नाका साथै औपचारिक अर्थतन्त्रको निर्माण गर्नेतर्फ थप सहयोग पु¥याउने विश्वास व्यक्त गनुभयो ।

उहाँले भन्नुभयो, “भिसिटिएस लागू गर्ने क्रममा क्षमता विकास गर्दै जाने हो, सिक्दै जाने हो, प्रविधिबाट भाग्न पाइँदैन ।”मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको अवस्थामा वैध र अवैध कारोवार गर्नेलाई एकै डालोमा हालेर हेर्न थालियो भने मुलुकमा सुशासन कायम गर्न नसकिने उहाँको धारणा थियो ।  

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्ण्ुाप्रसाद लम्सालले भिसिटिएसको प्रक्रियाका बारेमा बताउँदै यो लागू गर्न सहज भएको र यसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नाका साथै व्यवसायीको पनि समय र लागत बचत हुने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले भिसिटिएस लागू भएपछि सरकारी निकायबाट हुने अनावश्यक झञ्झटहरुको आगामी दिनमा अन्त्य हुने अपेक्षा गर्दै यस प्रणालीका बारेमा स्थानीयस्तरसम्म स्पष्ट जानकारीका लागि सचेतना कार्यक्रम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।  

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिश मोर र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भिसिटिएस लागू भएपछि राजमार्गमा रहेका ढाट हट्नु खुशीको कुरा भए पनि स्थानीयस्तरमा भरिया, ठेलागाडा, ट्र्याक्टरबाट हुने ढुवानीमा कठिनाइ उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । साथै उहाँहरुले भिसिटिएस लागू गर्दा केही समय परीक्षणको अवधि तोक्दा सहज हुने सुझाव दिनुभयो । 

विभागका महानिर्देशक दीर्घराज मैनालीले भिसिटिएसको प्रक्रियाका बारेमा अवगत गराउँदै यो सरकार र व्यवसायी दुवैका हितमा रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु