2026-07-09 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

2019-07-18

साउन २, काठमाडौँ  | स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् | लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको र  'आरक्षण बचाउ ' भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगको परिक्षा हुनु भन्दा एक दिन अगाडी प्रदर्शन  गरेका हुन् | आयोगले गत असारमा विभिन्न स्थानीय पदका लागि  ९१३१ कर्मचारी माग गरेको थियो ।

प्रदर्शनकारीले गरेका उक्त प्रदर्शनका कारण केहीबेर  तनावको स्थिति सिर्जना भएको थियो | सवारी साधन  आवागमनसमेत प्रभावित भएपछि  प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । अहिले भने अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ | 

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् । सर्वोच्च अदालतले  विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो