२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार

२०७६, २ श्रावण बिहीबार १४:५०

साउन २, लाहोर । (रासस/एएफपी) ः पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । 

भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिनुहुन्छ ।  

उहाँ पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन) का नेता हुनुुहुन्छ भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।

“अब्बासीलाई गिरफ्तार गरिएको छ, उहाँलाई आज वा भोलि अदालतमा लगिनेछ” एक वरिष्ठ सरकारी अधिकारीले भने ।

नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् । 

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।  

अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । 

पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उहाँले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह