2026-07-09 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुवाछुत अन्त्य कानूनमा मात्रै सिमित, भएन कार्यान्यन

2019-07-19

सुशील दर्नाल | साउन ३, काठमाडौँ  |  लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भाँैतारिरहेको छ ।

विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा अहिलेसम्म सुनुवाइ भएको छैन । “सम्बन्धित सबै निकायमा उजुरी पनि दिएको छ, तर कहीँकतैबाट सुनुवाइ हुँदैन, हामीलाई मार्नेसम्मको धम्की आएको छ”,कमलले भन्नुभयो ।

अन्तरजातीय विवाह गरेका जाजरकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेअि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । कमल र गणेशको जोडी जस्तै अन्तरजातीय विवाह गरेका कारण समाजबाट विस्थापित हुँदै ज्यान जोगाउँदै न्याय खोज्ने धेरै जोडीहरु छन् । गैरदलित किशोरले दलित समुदायकी किशोरीसँग विवाह गरेर बिचल्लीमा पारिएको धेरै घटना छन् ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) २०६८ लागू भएको आठ वर्ष बितिसक्यो । तर पनि जातीय भेदभाव तथा छुवाछूत उस्तै छ । ऐन आएपछि पनि सदियौँदेखि आर्थिक, सामाजिक र राजनीतिकरुपमा उत्पीडनमा पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्या झन् बल्झिँदै गएको छ ।

ऐनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा धेरै दलितहरुले चुलो र पानी छोएको निहँुमा, अन्तरजातीय विवाह गरेका कारण दर्जनौँ दलित युवा मारिनु परेको छ । दलित समुदायमाथि कुटपिट हुनाका साथै  विस्थापित हुनुले छुवाछूतका घटना कम हुनाको सट्टा झन् बढ्दै गएको देखिन्छ । ऐन लागू भएपछि सेते दमाईं र मनविरे सुनारलगायतको छुवाछूतका कारण मृत्यु भएको छ ।

छुवाछूत ऐनले ‘कुनै पनि व्यक्तिलाई जातकै आधारमा विभेद गरेमा तीन महीनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ” भनी व्यवस्था गरेको छ । तर पीडकलाई कारवाही गर्नाको सट्टा उल्टै प्रहरी प्रशासनले छुवाछूतको उजुरी दर्ता गर्न आनाकानी गर्ने गरेको समता फाउण्डेशनले गरेको अध्ययनले देखाएको छ । यदि उजुरी दर्ता गरियो भने पनि मिलापत्रमै सीमित गर्ने गरेको र पीडकको पक्ष लिने गरेको पाइएको फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले बताउनुभयो ।

सामरी उत्थान सेवाका अनुसार ऐन कार्यान्वयनमा आइसकेपछि मात्रै पनि जातीय विभेदकै आधारमा १६ जना व्यक्तिले ज्यान गुमाउनु परेको छ । अध्यक्ष परियारले २१ औँ शताब्दीमा पनि कथित माथिल्लो र तल्लो जातीय विभेदले दलित समुदाय अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्नुपर्ने विडम्बना रहेको बताउनुभयो । 

विभिन्न राजनीतिक दलले आफ्ना घोषणापत्रमा छुवाछूत अन्त्य गर्छौं भन्ने वा दलका नेताले चुनावका बेला छुवाछूतविरुद्ध चर्का भाषण गरे पनि व्यवहारमा उनीहरुबाटै जातीय विभेद हुने गरेको पाइन्छ । ऐनमा दण्ड सजायको व्यवस्था फितलो देखिएका कारण पनि छुवाछूत कम हुनुको सट्टा झन् मौलाउँदै गएको सांसद मीन विश्वकर्माको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो