४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ४५ प्रतिशत घरमै सुत्केरी

३ श्रावण २०७६, शुक्रबार ०९:३७

साउन ३, जुम्ला  | जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र अकाल मृत्यु घट्ने भएकाले गाउँपालिकाले घरमा हुने सुत्केरी र बाल मृत्युदरलाई शून्य गराउन अभियान नै सञ्चालन गर्ने अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । अझै पनि ग्रामीण क्षेत्रका महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने र स्वास्थ्य–संस्थामा लैजाँदा बाटोमै सुत्केरी भए फर्काएर घर लैजाने चलन रहेकाले गाउँपालिकाले घरमा हुने सुत्केरीलाई शून्यमा पु¥याउने अभियानलाई प्राथमिकता दिएको हो ।  महिला शारीरिक रुपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास गरिएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामी हाम्रा दिदीबहिनी, छोरीबुहारीको स्वास्थ्यप्रति सजग छौँ । त्यसैले घरमा हुने सुत्केरी शून्य गाउँपालिका घोषणाको काममा लागेका छौँ ।” गाउँपालिकाअन्तर्गत चार स्वास्थ्य संस्थामध्ये दुई वटामा बर्थिङ सेन्टर सञ्चालन गरिएकाले पट्मारा र पातारासी स्वास्थ्य चौकीमा यसै वर्षको साउन महीनाबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको बताउँदै अध्यक्ष बोहोराले भन्नुभयो, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य गर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो ।”उक्त गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत टेकवहादुर बुढथापाले भन्नुभयो, “स्वास्थ्यको पहँुचबाट टाढा रहेका ग्रामीण भेगका महिला घरैमा सुत्केरी गराउन थालेका कारण स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउने अभियान थालिएको हो ।” 

स्वास्थ्य संस्थामा बच्चा जन्माएमा गाउँपालिकाका तर्फबाट रु तीन हजार बच्चाको नाममा जम्मा गरिने उहाँको भनाइ थियो । मातृ मुत्युदर कम गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने संस्कार बसाल्नका लागि रु तीन हजार गाउँपालिकाबाट र रु तीन हजार अभिभावकले बच्चाको नाममा जम्मा गर्नुपर्ने नीति लिइएको बुढथापाले जानकारी दिनुभयो  । उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब लगायतले सहयोग गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको यो अभियानमा सबैले सहयोग गरे सफल हुने अपेक्षा लिएका छौँ ।” डिल्लीचौर स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा सबैभन्दा बढी महिलाहरु सुत्केरी हुन आउने गरेका छन् । साबिकको डिल्लीचौर गाविसका ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने गरेको र बाँकी २० प्रतिशतलाई पनि स्वास्थ्य संस्थामा आउने वातावारण बनाउन लागिएको स्वास्थ्यकर्मी भरत बुढाले जानकारी दिनुभयो  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ