२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा घुस लिएको अभियोगमा एक इञ्जिनीयर अख्तियारको फन्दामा

२०७६, ३ श्रावण शुक्रबार १६:४३

साउन ३, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ । 

सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ । 

आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ । 

विपद्: अभिभावकको असावधानीले जोखिममा बालबालिका

मनसुन कमजोर बन्दै जाँदा खोलानालाको सतह घट्दो क्रममा थियो । डुबान क्षेत्रबाट पनि पानी घट्दै थियो । असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान खेल्न निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर । थाहा हुनुपर्ने अभिभावकले ख्याल नगर्दा उनले पानीमा डुबेर अकालमा ज्यान गुमाउनुपर्यो ।

असार २७ गते वर्षाको उर्लँदो भेलले दाउरा बगाएर ल्याएको देखेपछि दाउरा छोप्न तम्सिए पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल । दाउरा टिप्न बाढीमा पसेका निखिल कहिल्यै नफर्कने गरी दाउरासँगै बगे । बारा कलैयाका विक्की शाहको घर नजिकैको नालामा डुबेर ज्यान गयो भने १० वर्षका अजित शाह खाल्डोमा जमेको पानीमा परे । 

यी केवल प्रतिनिधि घटना मात्र हुन् । अभिभावकले सामान्य हेक्का राखेको भए उनीहरुको अकालमै ज्यान जाने थिएन । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्नुहुन्छ, “अभिभावको असावधानी र बच्चाको जिद्दीपनले घटना भएका छन्, आफू छतमा बस्ने बालबालिकालाई छाडिदिने अवस्था पनि देखियो ।” 

असार अन्तिम साताको अविरल वर्षपछि आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका मध्ये आधा बढी बालबालिका छन् । केन्द्रको विवरणअनुसार अहिलेसम्म मृत्यु भएका ९० मध्ये ४६ बालकालिकाले ज्यान गुमाएका छन् । त्यस्तै १८ वर्ष उमेरका दुई जना जोड्दा ४८ जना छन् । केही हराइरहेका पनि छन् । तराईका अधिकांश ठाउँमा परिवारको लापरवाहीका कारण बालबालिकाको मृत्यु भएको पाइएको छ । कतिपय स्थानमा बालबालिकाले जोखिम उठाउँदा पनि ज्यान गुमाएका छन् । तराइमा मृत्यु भएका बालबालिकामध्ये धेरै खाल्डोमा जमेको पानी, पोखरी, नाला वा घर नजिकको कल्भर्टमा परेका छन् ।

कल्भर्टको पानीमा डुबेर झापा दमक नगरपालिका–१० की छ वर्षीया बालिका एलिजा न्यौपाने र खोलाले बगाउँदा नौ वर्षीय सौगात चापागाईँको असार २८ मा मृत्यु भयो । सोही जिल्लाको मेचीनगर नगरपालिका–५ मा खोलाले बगाएर बालक अजित प्रसाईंको ज्यान गयो ।

मोरङ्का १४ वर्षीय ऋषिदेव र कानेपोखरीका आठ वर्षीया प्रिती तामाङ तथा पथरी शनिश्चरेमा ११ वर्षीय सिर्जना तामाङको विपद्का बेला मृत्यु भयो । सुनसरीका १२ वर्षीय तोसिव मियाँ, चार वर्षका जुगेर मियाँ र पाँचथरका १० वर्षीय दिवन राईको खोलाले बगाएर र भोजपुरका १४ वर्षीय जनक विक, १७ वर्षका शिवकुमार राई, १५ वर्षका शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गयो ।

पहिरो आइ घर पुरेर खोटाङको खोटेहाङ गाउँपालिका–२ का चार वर्षीय रोमन  र रोहन राईको मृत्यु भयो । महोत्तरीमा इन्ताज नदाफ, अजरुद्दिन नदाफ, सिराहाको मिर्चैया नगरपालिकाका एक वर्षीया रागनीकुमारी महत्तो, प्रियाङ्का शाह, १५ वर्षका बली शाह, नौ वर्षका मोहम्मद साहिदको जमेको पानीमा र दुई वर्षका ऐयान खानको खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । 

रौतहटमा १० मध्ये पाँच बालबालिकाले विपद्मा ज्यान गुमाए । जसमा  पुरुषोत्तम यादव, परमेश्वर यादव, रविराम, सिद्धान्तराय यादव, सफअन महम्मद रहेका छन् । चार जनाको जमेको पानीमा डुबेर मृत्यु भएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्नुहुन्छ, “नदीले बगाएरभन्दा पनि डुबेर धेरै मृत्यु भएको अवस्था छ, एक महिलाले घाँस दाउरा लिन जाँदा बच्चा लिएर गइन्, बच्चा डुबेर मरे, बाढीले त मृत्यु भयो नै, त्यसमाथि लापरवाहीले पनि मरेको छ ।”

पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल बगेर ल्याएको दाउरा टिप्न जाँदा दाउरासँगै बगे । पर्सामा १४ वर्षीय अनुप पटेल, पाँच वर्षका अकलेश ठाकुर, बाराका ५ वर्षीय विकी यादव र १० वर्षका अजित शाहको पनि नाला, खोला र खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो ।  

सिन्धुलीमा १० वर्षका सविता पौडेल र एक वर्षका श्रवण कपारी, काभ्रेका ७ वर्षीय सुहाबी दङ्गाल, काठमाडौँ मुलपानीमा १२ वर्षका कुन्दन यादव र ११ वर्षका सुरज जिम्बाको विपद्का बेला ज्यान गयो । ललितपुरका सन्दीप ल्हो, मकवानपुरका १४ वर्षीया सन्तमाया बलामी, १४ वर्षकी सृष्टी डिमडुङ, धादिङका आठ वर्षीय भक्तसिंह बैजालीको समेत मृत्यु भएको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा