२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

२०७६, ४ श्रावण शनिबार ०२:०२

साउन ४, काठमाडौं  । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

सेवा आयोगको विज्ञापन नम्बर १८र०७३र०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए ।

यी दुईसहित ६ पदको परीक्षामा आयोगका पदाधिकारी, परीक्षक, समपरीक्षक र कर्मचारीले अनियमितता गरेको अख्तियारको ठहर छ ।

आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, सदस्यसचिव परशुराम कोइरालाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह