२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने

२०७६, ५ श्रावण आईतवार १०:५०

साउन ५, काठमाडौँ  | त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । 

“कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”,अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भन्नुभयो । अस्पतालको ३७औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मिर्गाैला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिनुभयो । 

विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ । गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए । 

अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो । कार्यकारी निर्देशक प्रा डा खड्काले चालू आवमा अस्पताललाई रु ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिनुभयो । 

पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थाेपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिनुभयो । 

संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ । ती कलेजले शैक्षिक सत्र २०७४-७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन् । 

संस्थानले काठमाडाँैबाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । कार्यक्रममा त्रिविविका उपकुलपति प्रा डा तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो पदावधि अब एक महीना बाँकी छ, कसरी सुरक्षित बहिर्गमन हुन्छ, त्यसैको खोजीमा रहेको छु ।”चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा चिकित्सा अध्ययन संस्थान दक्षिण एशियामा उत्कृष्ट रहेको चर्चा गर्दै उपकुलपति प्रा डा खनियाले आगामी दिनमा यो साखमा थप गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । रजिष्ट्रार डिल्लीराम उप्रेतीले संस्थानको क्षमता विस्तार गर्न आवश्यक नीतिगत तथा आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह