२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

साढे चार सय मुक्त हलियाको पुनःस्थापना

२०७६, ५ श्रावण आईतवार १६:३३

साउन ५, दार्चुला | जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो ।

जिल्लामा ४३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र मध्यपश्चिमका १२ जिल्लामा हलिया रहेका भन्दै सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । जसमा दार्चुलाले पहिलो नम्बरमा हलिया मुक्त पुनःस्थापना गरिसकेको हलिया मुक्त पुनःस्थापना कार्यदलका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । परिचयपत्रका आधारमा समितिले उनीहरुलाई पुनःस्थापना गरेको छ । 

हलिया मुक्ति पुनःस्थापनाअन्तर्गत जिल्लामा जग्गा खरीद, घर निर्माण तथा घर मर्मतका कार्र्य गरिएका छन् । कूल ४५९ जना हलिया सूचीकृत रहेकामा २५ जना हलिया पुनःस्थापना सूचीमा नआएपछि बाँकी हलियाको पुनःस्थापना घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो । 

जिल्लामा पुनःस्थापनाअन्तर्गत ६१ जना हलियाको जग्गा खरीद तथा घर निर्माण, ३१ जना हलियाको घर निर्माण र ३४२ जनाको घर मर्मत गरेर पुनःस्थापना गरिएको मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्ना जानकारी गराउनुभयो ।

जिल्लाका साविकका १६ गाविसमा रहेका मुक्त हलियाहरु हलियामा सूचीकृत भएको तथ्याङ्क थियो । पुनःस्थापनाको कार्यक्रम सकिएसँगै आगामी वर्षदेखि हलिया मुक्ति पुनःस्थापनाका लागि भन्दै थप बजेट नआउने समितिका संयोजक विष्टले बताउनुभयो । ‘मुक्त हलिया पुनस्स्थापनाको ढाँचा र कार्ययोजना, २०७०’ ले आफ्नो स्वामित्वमा घर र जग्गा दुवै नभएकालाई ‘क’, घर भएका तर जग्गा नभएकालाई ‘ख’, आफ्नो जग्गा भएका तर घर नभएकालाई ‘ग’ तथा घर र जग्गा दुवै भएकालाई ‘घ’ वर्गमा वर्गीकरण गरेको थियो ।

सरकारले हलियामुक्ति घोषणा गर्दा गरेको सम्झौताअनुसार पुनःस्थापनाको काम गर्न नसकेको भन्दै हलिया मुक्ति समाजले ज्ञापनपत्रसमेत बुझाएको छ । स्थानीय तहमार्फत छुट हलिया परिचयपत्र वितरण गर्न तथा पुनःस्थापनाको कार्यक्रम समेट्न आग्रह गरिएको हलिया मुक्ति समाजका कार्यवाहक अध्यक्ष केशवराम पार्कीले जानकारी दिनुभयो । 

हलियासँग भएको सम्झौताअनुसार सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन र सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा काम नगरेको भन्दै हलियाले पुनः सरकारलाई ज्ञापनसमेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन