2026-07-10 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा विधि विज्ञान प्रयोगशालाका लागि भवन नै छैन

2019-07-22

साउन ६,  काठमाडौँ  | अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ । 

सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । तर जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको अभाव रहेको छ । सरकारले प्रयोगशालामा गत आ.व.मा मात्रै नौ जना प्राविधिक जनशक्ति पठाएको थियो । नयाँ आएका कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको दाबी गर्दै उहाँले भन्नुभयो, “भवन नभएपछि हामीले गर्ने काममा प्रत्यक्ष असर परिरहेको छ ।”

निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको बताउनुभयो । प्रयोगशाला अहिले रहेको भवनसमेत प्रतिष्ठानको नाममा छ । उहाँले भन्नुभयो, “जग्गा उपलब्ध भएपछि हामी भवन निर्माण गर्ने छौं ।”

प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डिएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो