२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सेवा समाज कतारद्धारा आर्थिक सहयोग

७ पुष २०७२, मंगलवार १२:४६

प्रेम सुनार/ पुस ७, गुल्मी । गुल्मी सेवा समाज कतारको संस्थाले गुल्मीका विभिन्न रोगको उपचार गर्न नसकी जिवन मरणको दोसाँधमा रहेका विरामीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मलेन गरी गुल्मीका एक जना मृगौला पिडित र २ जना क्यान्सर पिडित सहित ३ जना आर्थिक अभावका कारण उपचार पाउन नसकेका विरामीहरुलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

समाजद्धारा जनही २५ हजारका दरले आर्थिक सहयोग पाउनेहरुमा गुल्मीको वलेटक्सार ६ की मृगौला रोग पिडित १८ वर्षिया मनिषा ज्ञवाली, हस्तीचौर ६ लल्दीटारका क्यानसर पिडित मंगल नेपाली, तुराङ्ग ३ का क्यान्सर मनोज राजाली रहेका छन् ।

उक्त रकम गुल्मी सेवा समाज कतारका केन्द्रिय उपाध्यक्ष वुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक अर्खवाङ्गका नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु बडागाउँ ५ पेगाका राजु पाण्डे , अमरपुर ३ का रामप्रसाद रेग्मी, रेसुङ्गा नगरपालिका अर्खलेका अविरल अजितले पिडित परिवारलाई नेपाल पत्रकार महासंघमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरेका थिए ।

कतारबाट आई पुग्नु भएका समाजका केन्द्रिय अध्यक्ष शिव खड्काले आफु काठमाण्डौं सम्म आई पुगेको तर पिडितहरुले बेलैमा उपचार गर्न सकुन भन्ने उद्देश्यका लिएर साथीहरु मार्फत उक्त सहयोग गरिएको बताउनुभयो । उहाँले कतारमा रहेर आ–आफ्ना परिवारको गास काटेर पनि गुल्मेलीहरु संगठित भई विपतमा परेका गाउँवासीलाई थोरै भए पनि राहत प्रदान गर्न सक्रिय हुँदै आएको बताउनुभयो ।

गुल्मी सेवा सेमाज कतारले गत वैशाख १२ गतेको भुकुम्पबाट घरवार विहिन भएका जिल्लाका ३२ घरधुरी र यहाँका विद्यालयलाई समेत जस्तापाता लगायतको राहत प्रदान गरेको थियो । समाजले विगतमा पनि उपचार खर्चको अभावमा जिवन मरणको दोसाँधमा पुगेका थुप्रै गुल्मी जिल्लावासीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव