2026-07-08 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा खसी-बोका सङ्कलन केन्द्र निर्माण

2019-07-23

साउन ७, गोरखा | गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज किशोर ठाकुरले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण भएको उहाँले बताउनुभयोे । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको डा ठाकुरको भनाइ छ । “यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहँुदा समस्या हँुदै आएको थियो”,उहाँले भन्नुभयो, “अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।”सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरु निर्माण गरिएका छन् । “प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ”,उहाँले भन्नुभयो, “किसानहरुले आफँैले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर सङ्कलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ ।” 

“गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हँुदा समस्या हँुदै आएको थियो, अब यहाँ सङ्कलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्”,डा ठाकुरले भन्नुभयो  । 

जिल्लाबाहिरका व्यापारीहरुलाई सङ्कलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि सङ्कलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवद्र्धन गर्न जोड दिइने उहाँले बताउनुभयो । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उहाँको भनाइ छ । 

बाह्रकिलो बजारबाट राजधानी काठमाडाँै, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पु¥याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको प्रमुख डा ठाकुरले जानकारी दिनुभयो । “सडकदेखि नजिक सबै ठाउँमा आउजाउ गर्न यातायातको सुविधा तथा खसीबोका कुनै समस्या आइहालेमा उपचारका लागिसमेत नजिकै पशु अस्पताल रहेका यही ठाउँ उपयुक्त भएकाले छनौट गरी सङ्कलन केन्द्र निर्माण गरिएको हो”,उहाँले भन्नुभयो ।

सङ्कलन केन्द्र निर्माणका लागि कूल रु चार लाख ३० हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । सङ्कलन केन्द्र निर्माण गरिएसँगै दशँै लगायतका अन्य ठूला चाडपर्वका बेला जिल्लामा उत्पादित खसीबोका अन्य जिल्लामा निर्यात गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो