२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीमा ५० शैयाको हस्पिटल निर्माणको लागी आबश्यक काम अगाडी बढ्यो

२०७२, २७ पुष सोमबार १३:५१

पुस २७, वामी (गुल्मी) ।  शालीमे ईन्भेस्टमेन्ट कम्पनी प्रालिको बृहत भेला तथा कार्यबिभाजन कार्य सम्पन्न भएको छ । भेलाले संस्थाको लागी कार्य बिभाजन गर्ने, दैनिक कार्य सञ्चालनको लागी कार्यालय स्थापना गर्ने, कारोबार सञ्चालनको लागी बैङ्कमा खाता सञ्चालन गर्ने, स्थाई लेखा नम्बर पान दर्ता गर्ने लगायतका बिषयमा छलफलको गरेको छ ।

छलफलको क्रममा कम्पनीका सञ्चालक सुदर्शन शाक्यलाई अध्यक्षको जिम्मेवारी दिने, त्यस्तै गरी मोहनलाल श्रेष्ठलाई उपाध्यक्ष, अग्निधर लोहनीलाई सचिब, महेश जिसीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गेको छ । त्यसैगरी कृष्णहरी सापकोटा,गोपिकृष्ण खरेल र भुवन केसीलाई सदस्यको जिम्मेवारी दिईएको छ । बैठकले संस्थाको कार्यालय सञ्चालनको सचिब लोहनीको घरमा कोठा बहालमा लिने, कारोबार सञ्चालनको लागी ग्लोबल आईएमई बैङ्कमा खाता सञ्चालन गर्ने निर्णयहरु गरेको छ । त्यसैगरी संस्था सञ्चालनमम बिशेष सहयोग गर्ने उद्योग बाणिज्य संघ वामी शाखा प्रति पनि धन्यबाद ब्यक्त गरेको छ । कार्यक्रम कम्पनीका सञ्चालक सुर्दशन शाक्यको अध्यक्षता तथा उद्योग बाणिज्य संघ वामी शाखाका सचिब महेश्वर घिमीरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

कम्पनीको मुख्य काम भनेको वामीमा प्रस्ताबित ५० शैयाको अस्पताल सञ्चालनको कामलाई अगाडी बढाउनु रहेको छ । कम्पनीले ५० शैयाको लुम्बिनी वामी हस्पिटल प्रालि वामीमा सञ्चालन गर्नको लागी प्रक्रिया अगाडी बढाई सकेको छ । भने एक बर्ष भित्रमा हस्पिटल निर्माणको कामलाई अगाडी बढाइने योजना रहेको छ । हस्पिटल निर्माणको लागी वामी ३ परुवामा ७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ भने १३ रोपनी जग्गा खरिद गरीएको छ । हस्पिटलको लागी वामी ३ परुवामा दल बहादुर शाक्य र घनश्याम सापकोटाले निशुल्क जग्गा प्रदान गर्नुभएकोछ । हस्पिटलको निर्माण पश्चात केही समस्याग्रस्त बिरामी भएमा पाल्पा तथा बुटवल सम्म जानु पर्ने बाध्यता हट्ने छ । पाल्पामा रहेको लुम्बिनी हस्पिटल संगको समन्वयमा शाखाको रुपमा हस्पिटल वामीमा निर्माण हुन लागेको हो ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु