२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली नदीको स्रोत बाँडफाँटमा दुई नगरपालिकाबीच विवाद

७ श्रावण २०७६, मंगलवार ११:२६

राजेन्द्रप्रसाद पनेरु, साउन ७, कञ्चनपुर । महाकाली नदीको स्रोत बाँडफाँटमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच विवाद देखिएको छ । स्रोत बाँडफाँटमा सहमति हुन नसकेपछि भीमदत्त र महाकाली नगरपालिकाले आ–आफ्नो क्षेत्रमा रोयल्टी सङ्कलन गर्ने भएका छन् ।

निर्वाचनपछि दुवै स्थानीय तहबीच रोयल्टी बाँडफाँटमा सहमतिका लागि गत वर्ष पटक पटक छलफल भएको थियो । छलफल विना निष्कर्ष टुङ्गिएपछि दुवै नगरपालिकाले आधा आधा रोयल्टी सङ्कलन गर्ने भएका हुन् । यसअघि जिविसले रोयल्टी बाफतको रकम सङ्कलन गर्दै आएको थियो । 

भीमदत्तले चालू आवका लागि रु तीन करोड ७५ लाख न्यूनतम अङ्क राखेर रोयल्टी सङ्कलनको ठेक्का आह्वान गरिसकेको छ । महाकाली नगरपालिकामा पनि ठेक्का प्रक्रियामा जाने तयारीमा छ । महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले नगरसभाबाट रु दुई करोड बढीको ठेक्का अङ्क पारित गरिएकाले त्यसै अनुसार जाने बताउनुभयो । रोयल्टी अधिकार नयाँ संरचनाअनुसार स्थानीय तहलाई दिइएको छ । नयाँ संरचनाअनुसार सङ्कलित रोयल्टीको ४० प्रतिशत प्रदेश सरकारको हुन्छ । 

“रोयल्टी रकम के कसरी बाँडफाँट गर्ने भनेर पटक पटक छलफल गरियो, सहमति हुन सकेन, त्यसैले यस वर्ष आ–आफ्नै हिसाबले जाने गरी ठेक्का आह्वान गरिएको छ”, भीमदत्तका राजश्व परामर्श समितिका संयोजक तथा नगर उपप्रमुख सुशीला चन्दले भन्नुभयो । दुई स्थानीय तहबीच शुरुमा छलफलमा ७० प्रतिशत दाबी गरेको महाकाली नगरपालिकाले अन्तिममा ५० प्रतिशत अडान लिएपछि सहमतिका प्रयास निरर्थक भएका हुन् । 

भीमदत्तले शुरुदेखि २० प्रतिशतभन्दा बढी रकम दिन नसकिने अडान लिएको थियो । “उहाँहरुले शुरुमा ७० भन्यो, त्यसपछि ५० प्रतिशतभन्दा तल आउन नसक्ने भनेपछि सहमति हुन सकेन ।” राजश्व परामर्श समितिका सदस्य हिमाल चन्दले भन्नुभयो, “भीमदत्तले २० प्रतिशतभन्दा बढी दिने नसकिने गरी कुरा राख्दै आएको छ ।” महाकाली नगरपालिकाले रोयल्टी रकम दाबीको आधार प्रस्तुत नगरी एकोहोरो रुपमा अडान लिएकाले सहमति हुन नसकेको सदस्य चन्दको भनाइ छ । “पचास प्रतिशतभन्दा तल जान सक्दैन भन्ने अडान लिइयो, तर किन हो त्यसका आधार दिन सकिएन”, उहाँले भन्नुभयो ।

भीमदत्तबाट विगतमा जिविसबाट नगरपालिकाले पाउने  रकम, भूगोल, जनसङ्ख्या, सवारी साधन प्रयोग हुने सडक, रोयल्टी खपत लगायतका आधार अघि सारिएको थियो । महाकाली नगरपालिकाले भीमदत्तले ठूलो नगरपालिका भएकाले मात्रै रकम पाउनुपर्ने अडान लिएको राजश्व परामर्श समितिमा सदस्यहरु बताउँछन् ।

यसअघि जिविसबाट महाकाली नगरपालिकाबाट आठ र भीमदत्तले ३२ प्रतिशत रोयल्टी रकम आउने गरेको थियो । दुवै तहबीच रकम सहमतिका लागि सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारसहित भीमदत्तका नगरप्रमुख सुरेन्द्र विष्ट र महाकालीका नगरप्रमुख वीरबहादुर सुनारबीच समेत छलफल गरिएको थियो । दुवै नगरपालिकाले रकम बाँडफाँटका लागि प्राविधिकसहितको कार्यदल बनाएका थिए । महाकाली नगरपालिकाले कार्यदलमा ५० प्रतिशतमा सहमति गरिएको भन्दै नगर कार्यपालिकाबाट निर्णय पारित गरेको थियो । 

महाकाली नगरपालिकाका नगर प्रवक्ता सिजालीले महाकाली नदी आधा आधा भएकाले रोयल्टी रकम आधा पाउनुपर्ने अडान दोहो¥याएको बताउनुभयो । “नदी दुवै तहको आधा भएकाले त्यसै अनुसार पाउनुपर्ने दाबी हो”, उहाँले भन्नुभयो । गत वर्ष पनि सहमति हुन नसकेपछि दुवै नगरपालिकाले आ–आफ्नो क्षेत्रमा रोयल्टी सङ्कलन गरेका थिए । 

भीमदत्तको राजश्व परामर्श समितिले जनशक्ति परिचालन गरी रु चार करोड रोयल्टी सङ्कलन गरेको छ । महाकाली नगरपालिकामा पनि जनशक्ति परिचालन गरी रकम सङ्कलन गरिएको छ । चालू आवदेखि दुवै तहले आ–आफ्नो क्षेत्रमा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको रोयल्टी सङ्कलन गर्नेछन् । 

राजश्व परामर्श समितिका सदस्य चन्दले ट्रोफोग्राफिकल नक्साका आधारमा नदीलाई विभाजन गरी रोयल्टी सङ्कलनमा नगरपालिका सहमत हुने बताउनुभयो । महाकाली नगरपालिका भने निर्माणाधीन चार लेनको पक्की पुल र झोलुङ्गे पुललाई आधार मानेर नदी विभाजन हुनुपर्ने पक्षमा देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध