४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी : पहिरामा पुरिएका नौ जनाको शव निकालियो, चार अझै बेपत्ता

७ श्रावण २०७६, मंगलवार १५:१९

साउन ७, बुटवल । गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । 

पहिरामा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उहाँले बताउनुभयो । अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उहाँका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिराबाट निकालिएको छ । सो वडामा पहिरामा १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् । 

यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानमा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्र्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।

उक्त क्षेत्रमा पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै पहिरामा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिनुभयो । पहिराका कारण वडा नं ३ का बाध, क्रुर र कसुन्थला बढी क्षति पुगेको उहाँले बताउनुभयो ।

यस्तै वडा नं ३ का करीब १०० घरमा क्षति पुगेको र प्रभावित सर्वसधारणलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको सोही वडाध्यक्ष दानबहादुर रानाले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको छ । पहिरामा कयौँ चौपायाँसमेत पुरिएका छन् ।

विपद्मा परेकाका लागि राहत सामगी्र र औषधिसहित चिकित्सकहरुको टोलीसमेत घटनास्थलमा पठाइसकिएको र मृतकका शवको पोष्टमार्टम सोही स्थानमै गर्ने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो । लगातार पानि परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटोसमेत पहिरोले भत्किएकाले घटनास्थलमा उद्धारमा कठिनाइ रहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । 

मन्त्रीहरु राहतसहित प्रभावित क्षेत्रमा 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल राहतसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरेसहितको टोली प्रभावित क्षेत्रतर्फ जानुभएको छ भने सामाजिक विकासमन्त्री बराल औषधि, टेन्ट, भाडाकुडासहित राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।

मन्त्री ज्ञवाली र बरालले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन सबैमा आग्रह गर्नुभएको छ । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ