2026-07-08 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ : चिनियाँ टोली

2019-07-24

साउन ८, काठमाडौँ |  चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् । 

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको जानकारी दिएको हो ।  

भेटमा दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीको व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराउनुभएको थियो । 

उहाँले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाका  लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले वन संरक्षणमा स्थानीयवासीको सहभागिता र स्वामित्व सुनिश्चित गर्दै आएको बताउनुभयो । मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणीजगत्को हित विश्वका सबै मुलुककोे अनिवार्य दायित्व भएको र  त्यस विषयमा पनि नेपाल तथा चीनबीच सहाकार्य जरुरी भएकामा जोड दिनुभयो । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उहाँको भनाइ थियो । 

मन्त्री बस्नेतले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात् ०.०२७ प्रतिशत रहे पनि अति प्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गर्नुभयो । भेटमा अध्यक्ष हुछङले आफूहरु संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानून मस्यौदा गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि यहाँको अनुभव बुझ्न नेपाल आएको बताउनुभएको थियो  । उहाँले वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको बताउँदै आफूहरु नेपालको अनुभवबाट सिक्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । 

चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सहअस्तित्व र भ्रातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औँल्याउनुभएको थियो । सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको सो टोलीले यसअघि सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो