२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

२०७६, ९ श्रावण बिहीबार ०३:०३

साउन ९, काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ ।

राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन् । 

दक्षिण कोरियाले युरोपियन (ईयू) कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ । नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयूको कालोसूची भएको उसको भनाइ छ ।

ईयूले हवाई सुरक्षामा सुधार गर्न लगातार भइरहेको असफलताबारे प्रश्न उठाउँदै गत वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ वटा प्रश्न सोधेको थियो। ईयूको लगातार प्रतिबन्धले उसको संगठनभित्रका २८ देशमा नेपाली जहाज उड्न पाउँदैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापा र  राजु बास्कोटाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह