2026-07-08 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्ट चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ अझै आइपुगेन

2019-07-25

साउन ९, काठमाडौँ  | ‘स्मार्ट चालक अनुमतिपत्र’वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । 

तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत खरीद गर्न लागेको छ । प्रिन्टर चाँडो ल्याएर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले अझै पनि सकेसम्म चाँडो प्रिन्टर भित्र्याउन पहल गरिरहेका छौँ ।”

‘मास प्रिन्टर’आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागले बताएको छ । महानिर्देशक दाहालले उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउने बताउनुभयो । ‘मास प्रिन्टर’को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । 

उहाँले भन्नुभयो, “कार्ड र प्रिन्टर दुवै चाँडो ल्याएर अहिले भएको ढिलाइ हटाउने हाम्रो उद्देश्य हो ।” विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाउन सकेका छैनन् । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ-सात वटाले मात्रै नियमित काम गरिरहेका छन् । 

सरकारलाई बुझाउनु पर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो