२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा चार दिनदेखि खोल्सामा खसेका एक युवकको प्रहरीद्वारा सकुशल उद्धार

२०७६, ९ श्रावण बिहीबार १६:२४

साउन ९, पोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेको थियो । 

स्थानीयमार्फत जानकारीप्राप्त हुनासाथ सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटिएका उद्धार टोलीले उनको उद्धार गरेको हो ।

सुनारलाई उपचारका लागि गण्डकी अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

दक्ष जनशक्तिको खाँचो छ : मन्त्री पुन

सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभएको छ । महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ तालीम समापनमा मन्त्री पुनले सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्तिको खाँचो रहेको बताउनुभएको हो ।   

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले क्षणिक सन्तुष्टिका लागि मात्रभन्दा व्यावसायिक बन्ने सोचका साथ तालीम लिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बराल, १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेल लगायतले एकै व्यक्तिले धेरै तालीम लिने तर त्यसको प्रयोग भने कम देखिने गरको छ भन्दै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । 

महिला चेम्बर अफ कमर्सका अध्यक्ष गीता तिवारीले अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न तालीम आवश्यक रहेको बताउनुभयो ।  तालीममा २५ जना विपन्न वर्गका महिला सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह