२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा चार दिनदेखि खोल्सामा खसेका एक युवकको प्रहरीद्वारा सकुशल उद्धार

९ श्रावण २०७६, बिहीबार १६:२४

साउन ९, पोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेको थियो । 

स्थानीयमार्फत जानकारीप्राप्त हुनासाथ सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटिएका उद्धार टोलीले उनको उद्धार गरेको हो ।

सुनारलाई उपचारका लागि गण्डकी अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

दक्ष जनशक्तिको खाँचो छ : मन्त्री पुन

सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभएको छ । महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ तालीम समापनमा मन्त्री पुनले सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्तिको खाँचो रहेको बताउनुभएको हो ।   

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले क्षणिक सन्तुष्टिका लागि मात्रभन्दा व्यावसायिक बन्ने सोचका साथ तालीम लिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बराल, १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेल लगायतले एकै व्यक्तिले धेरै तालीम लिने तर त्यसको प्रयोग भने कम देखिने गरको छ भन्दै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । 

महिला चेम्बर अफ कमर्सका अध्यक्ष गीता तिवारीले अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न तालीम आवश्यक रहेको बताउनुभयो ।  तालीममा २५ जना विपन्न वर्गका महिला सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै