२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इबोलाका कारण साउदी अरेबिया प्रवेशमा कडाई

२०७६, १० श्रावण शुक्रबार १५:४९

साउन १०, किन्सासा, (रासस-एपी)  । साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । 

विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अबरोध नगर्न सिफारिस गरेपनि साउदी अरेबियाले नयाँ व्यवस्था लागू गरेको हो ।

कंगोका केही मुस्लिम समुदायले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए ।

साउदी अरबस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले एक पत्र पठाई धार्मिक तिर्थयात्री र अरुको सुरक्षाका कारण साउदी अरेबियाले कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तिब्र भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रिय रुपको आपतकाल भनी घोषणा गरेको थियो ।

कंगो र आसपासका मुलुकमा मात्र इबोलाबाट हालसम्म करिब एक हजार ७०० को ज्यान गइसकेको छ ।

साउदी अरेबियाले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो । त्यसबखत इबोलाबाट करिब ११ हजारको ज्यान गएको थियो । 

साउदी सरकारको नयाँ निर्णयबाट कंगोली नागरिकका साथै अरु व्यक्तिलाई पनि असर पर्नेछ । कंगो सरकारले साउदी सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह