२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट : मन्त्री बाँस्कोटा

२०७६, ११ श्रावण शनिबार १२:१७

साउन ११, बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ ।

मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई आज काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताउनुभएको हो । “भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भिजिट ट्वान्टी ट्वान्टी भनेर तपार्इंहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ ।” उहाँले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, हामीले त्यसको सामना गर्ने हो ।”

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पु¥याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । “तपार्इंहरुले बाह्य मात्रै होइन, आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो, “अनुचित बार्गेनिङको विषयका निम्ति कुनै सङ्घसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ, बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोला ।”

मन्त्री बाँस्कोटाले भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै रु १० करोड छुट्याएको बताउनुभयो । “भ्रमण वर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतले सहयोग गर्नेछन्, हामी सबै भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला होटल तथा पर्यटकीय संरचना तयार गर्न चाहनेलाई सरकारले आरक्षण क्षेत्रबाहेक उपयुक्त स्थानमा लिजमा पनि जमीन दिनसक्छ, योजना बनाएर आउनुहोस् ।”

 मन्त्री बाँस्कोटाले आजै धुलिखेल नगरपालिकाले निर्माण गर्ने  सभाहलको शिलान्यास गर्नुभयो । करीब रु चार करोडको लागतमा निर्माण हुने सभाहलको क्षमता ६०० जना रहेको धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह