२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी गोलीकाण्ड, तीन जनाको मृत्यु, १५ जना घाइते

२०७६, १३ श्रावण सोमबार ०९:००

साउन १३, लस एन्जेलस, रासस -एएफपी । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । 

‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन् ।

यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सान जोसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा सो गोलीकाण्ड भएको थियो  ।

एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए । तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए । 

लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रुपमा रहेको यस मेलामा हरेक वर्ष करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकहरुले बताएका छन् ।मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए । 

यस बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन । अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ ।

बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह