२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि एक सातामा डेढ करोड सङ्कलन

२०७६, १३ श्रावण सोमबार १५:३८

साउन १३, चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो । 

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड ४७ लाख ८८ हजार ५५५ सङ्कलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिबाट रु २४ लाख, उद्योग वाणिज्य सङ्घ चितवनबाट रु ५५ लाख ५५ हजार ५५५, भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट रु ५० लाख, उद्योग सङ्घबाट रु १२ लाख ५० हजार, अक्सफोर्ड कलेज गैँडाकोटबाट रु दुई लाख ३३ हजार र क्रिकेट सङ्घ चितवनबाट रु दुई लाख ३३ हजार सङ्कलन भएको हो । 

रङ्गशाला निर्माणको प्रारम्भिक चरणमा बोलकबोल रकम रु छ करोड ५० लाख थियो भने त्यसपछि विभिन्न व्यक्ति र कार्यक्रमबाट रु एक करोड ३१ लाख सङ्कलन भएको थियो । रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । संयोजक डल्लाकोटीका अनुसार जिल्लाका छ स्थानीय तहमा सहयोग समिति गठन गरिसकिएको छ ।

सबैले आ–आफ्नो ठाउँबाट काम गर्न थालेका छन् । भरतपुर महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा सहयोग समिति गठन भएको छ भने प्रमुखको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । प्रमुख रेनु दाहालका अनुसार बिचमा रोकिएको काम शुरु भएसँगै जिल्लामा रङ्गशाला निर्माणका लागि लहर शुरु भएको छ । विभिन्न सङ्घ संस्था र व्यक्तिले सहयोगका लागि ईच्छा व्यक्त गर्न थालेको उहाँले जानकारी दिनुभयो । 

फाउण्डेसनका अध्यक्ष कट्टेलकाअनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन् । जिल्लावासीले अपनत्व लिएसँगै देश र विदेशमा रङ्गशाला निर्माणका लागि माहोल बन्दै गएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह