२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भेरीमा अस्पतालमा मुटुरोग उपचार सेवा प्रभावित

१४ श्रावण २०७६, मंगलवार ०७:००

साउन १४, बाँके | मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको हो ।

भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने नेपालको एक मात्र पूर्ण सरकारी अस्पताल हो ।

रु छ करोड ५० लाखको लागतमा अस्पतालमा क्थाथ ल्याब मेसिन जडान गरिएको भएपनि क्याथ ल्याब सञ्चालन गर्न अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी नहुँदा सेवा प्रभावित भएको छ ।

 अस्पतालमै दरबन्दी भएका नवौँ तहका मुटुरोग विशेषज्ञ डा कृष्ण अधिकारीको बढुवा भएर एघारौँ तह (खुला प्रतिस्पर्धाबाट) मा पुगेपछि नवौंँ तहको मुटुरोग विशेषज्ञ पद खाली भएको छ । बढुवा भएका डा अधिकारीको समायोजनका क्रममा वीर अस्पतालमा सरुवा भइसकेको छ । स्वास्थ्य मन्त्रालयले उहाँको ठाउँमा मुटुरोग विशेषज्ञ अझै पठाएको छैन । 

 सेवा सञ्चालन गर्नकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ कर्मचारी करारमा छन् । सेवा सञ्चालनका लागि बजेट निकासा भएर नआएको भन्दै अस्पताल व्यवस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई यो महीनादेखि तलब भत्ता दिन नसक्ने जनाएको छ । बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीले बताउनुभयो ।

“क्याथ ल्याब सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा मुटुरोग उपचार सेवा सङ्कटमा परेको छ”,अस्पतालका प्रमुख डा अधिकारीले भन्नुभयो, “क्याथ ल्याब सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलबभत्ता दिन र अत्यावश्यकीय सामग्रीहरु खरीद गर्न वार्षिक रु एक करोड ५० लाख बजेट आवश्यक पर्छ । यसका लागि सरकारले समयमै जनशक्ति र बजेट व्यवस्था गर्नुपर्छ ।”

“मुटुरोग जस्तो अत्यन्त संवेदनशील उपचार सेवामा बजेट र जनशक्ति नहुँदा यसअघि पनि तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता थियो”,सरुवा हुनुभएका अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताउनुभयो । अस्पतालले मुटुरोगका बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन एन्जियोप्लाष्टी, एन्जियोग्राफी, अस्थायी पेशमेकर राख्ने सेवा पनि सञ्चालन गर्दै आएको छ । 

अस्पतालले हालसम्म १०० भन्दा बढीको एन्जियोग्राफी, १८ बिरामीको एन्जियोप्लाष्टी तथा आठ बिरामीमा अस्थायी पेशमेकर राखेर उपचार गरिसकेको छ । भेरी अस्पतालले काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय ह्दयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ । 

अस्पतालमा मुटुरोगसँग सम्बन्धित दैनिक ४० बिरामी उपचारका लागि आउने गरेको जनाएको छ । तीमध्ये करीब ७० प्रतिशत उच्च रक्तचापसम्बन्धी बिरामी रहेका छन् । 

अस्पतालमा मुटुको नशा साँघुरो भएका र ह्दयघातसम्बन्धी समस्या भएका करीब १० प्रतिशत बिरामीका साथै जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरि पानी भरिएका, मुटुको बाथ रोगसम्बन्धी समस्या भएका बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले करारमा राखेका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई २०७६ साउनदेखि तलबभत्ता दिन नसक्ने पत्र थमाएपछि उपचार सेवा थप प्रभावित हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य