२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्दिभ्सको पूर्व उपराष्ट्रपति भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ

२०७६, १६ श्रावण बिहीबार १५:३०

साउन १६, नयाँ दिल्ली, भारत (रासस/एएफपी) । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले एएफपीलाई बताएका छन् ।

उहाँ भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उहाँलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताउनुभयो ।

अदीबलाई यमीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै वेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाई हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ । अदीब गत बर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभएको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा भारतीय एक अधिकारीले भने, गलत प्रबेशद्वारबाट भारत आउन खोजेका अदीबसँग भारत प्रबेश गर्ने क्रममा राहदानी नरहेको भेटेपछि उहाँलाई पक्राउ गरिएको हो ।

यसैबीच माल्दिभ्सको प्रहरीले अदीबलाई उहाँविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरू गरिएको बताएको छ । उहाँमाथि यमीनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागतरूपमा फिर्ता ल्याउने पहल गरिनेछ ।

हामी अहिले छिमेकी मुलुक भारतसँग अदीबलाई भारत फिर्ता गर्न सम्पर्क गरिरहेका छौँ, माल्दिभ्स प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उहाँमाथि परेको मुद्दाबारे आफ्ना भनाई राख्नुपर्ने तालिका रहेको थियो तर उहाँ सम्वन्धित निकायमा उपस्थित हुनुभएन । माल्दिभ्स सरकारले अदीबको पासपोर्टलाई अनुसन्धानका क्रममा जफत गरेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह