४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख

१८ श्रावण २०७६, शनिबार ०७:११

साउन १८, काठमाडौँ  । गुल्मेली अधिकृत समाजले  जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ ।

समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुन गएकोमा उक्त प्रकोपबाट पीडित घर परिवारका सुत्केरी र बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

गुल्मी स्थायी घरभएका नेपाल निजामती सेवामा अधिकृत वा सोभन्दा माथि माथिल्लो तहमा कार्यरत ३०० कर्मचारी उक्त समाजमा आबद्ध छन् । बाढीपहिरो पीडितका लागि नेपाल निजामती कर्मचारी श्रीमती सङ्घले पनि रु ५१ हजार  सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्रकला रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको सचिव कृष्णा खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ