२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख

२०७६, १८ श्रावण शनिबार ०७:११

साउन १८, काठमाडौँ  । गुल्मेली अधिकृत समाजले  जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ ।

समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुन गएकोमा उक्त प्रकोपबाट पीडित घर परिवारका सुत्केरी र बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

गुल्मी स्थायी घरभएका नेपाल निजामती सेवामा अधिकृत वा सोभन्दा माथि माथिल्लो तहमा कार्यरत ३०० कर्मचारी उक्त समाजमा आबद्ध छन् । बाढीपहिरो पीडितका लागि नेपाल निजामती कर्मचारी श्रीमती सङ्घले पनि रु ५१ हजार  सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्रकला रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको सचिव कृष्णा खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ