२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

कृषिमा लाग्ने ‘डिमाण्ड चार्ज’ले किसान मारमा

१७ भाद्र २०७२, बिहीबार ०४:३३

कृष्ण खनाल, भदौ १७, बुटवल ।  बुटवल उपमहानगरपालिका–१८ सेमलारमा रहेको ‘सेमलार–पर्रोहा भुमीगत जलस्रोत सिंचाही उपभोक्ता समिति अन्र्तगत १० वटा डीप ट्युवेल जडान गरिएको छ । जस मध्ये अहिले ५ वटा मात्र ट्युवेल सञ्चालनमा रहेका छन् ।
अन्य ५ वटा ट्युवेल निर्माण सम्पन्न भएपनि विद्युत प्राधिकरणको कारण सञ्चालनमा आउन सकेका छैन्न भने कुनै डीप गाडिएपनि अन्य भौतिक संरचना जडान गर्न बजेट अभावको भएकाले सञ्चालन हुन सकेका छैन्न ।

नेपाल विद्युत प्राधिकरणले केही समय पहिला देखि पुराना टान्र्समिटर सञ्चालन गर्न नपाउने जसको लागि मिटर युनिट जडान गर्नुपर्ने सर्त आगाडी सारेको थियो । जुन प्रक्रिया अहिले अन्तीम चरणमा पुगेको छ अवको केही महिनामा केही ट्युवेल सञ्चालनमा आउने छन् ।
‘सेमलार–पर्रोहा भुमीगत जल स्रोत सिंचाही उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोशीका अनुसार १० वटा डिप ट्युवेलबाट ६ सय विघा (४ सय हेक्टर) क्षेत्रफलमा सिंचाही गर्न सकिन्छ । तर सबै ट्युवेल सञ्चालनमा आउन सकेका छैनन् ।

एकातर्फ किसानहरुले निर्माण सम्पन्न भएका ट्युवेल सञ्चालन आउन सकेको छैनन् भने अर्को तर्फ डिमाण्ड चार्ज मार्फत किसानहरु थप मर्कामा परेका छन् । विद्युतीय मिटर र टान्समिटर जडान गरेबापत विद्युत महशुल बुझाउनु पर्दा किसानहरु थप मारमा परेका छन् ।
विद्युत जडान गरे बापत न्युनतम अतिरिक्त सुल्क विद्युत प्राधिकरणले लगाएको कारण थप रकम तिर्नुपर्ने बाध्यता छ ।

केन्द्रबाट नै नीतिगतग रुपमा सुधार नभएको कारण किसानहरुले यस्तै समस्या भोग्न बाध्य छन् । उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोशी भन्छन्–‘कृषिमा सहुलियतका जतिधेरै ठुला कुरा गरे व्यवहारतः किसानहरुलाई मर्कामा पार्ने बाहेक अन्य काम भएको छैन । ’किसानहरु मिलेर कयौ पटक डेलिकेशन र विद्युत प्राधिकरणमार्फत केन्द्रमा कुरा उठाएपनि केन्द्रीय निति भन्दै कृषिमा लाग्ने डिमाण्ड चार्च मिनाह नभएको उनको भनाई रहेको छ ।

एकातर्फ लोडसेडिङ्गको कारण डीप ट्युवेल पुरा समय सञ्चालन हुन नसक्दा समेत डिमाण्ड चार्जको रुपमा चर्को शुल्क किसानहरुले बुझाउँदै आएका छन् । किसानले सिंचाहीको लागि जडान गरेको १ केभीए ट्रान्समिटर ५० रुपैयाँका दरले विद्युत प्राधिकरण लाई विद्युत उपभोग नगरेपनि अतिरिक्त शुल्क बुझाउनु पर्दछ । अध्यक्ष जोशि भन्छन्–‘मासिक २५ सय रुपैयामा कृषीलाई केही छुट गरी १७ सय रुपैया ५० केभीको थप बुझाउनु पर्ने बाध्याता रहेको छ ।’

यता निर्माण सम्पन्न भएको चार बर्ष देखि सञ्चालनमा आउन नसकेको डिप ट्युवेल अशोज र मंसिर महिना सम्ममा सञ्चालन गर्न सकिने विद्युत प्राधिकरण बुटवल शाखाका ईन्जीनियर टंक केसीले उक्त उपभोक्ता समितिलाई आश्वास बाढेका छन् । पहिला ४ वटा र थप छुटेको १ वटा गरी कुल ५ वटा डीप ट्युवेल निर्माण सम्पन्न भएनि कुनै बजेट अभावको कारण सिस्टम विकास नहुदा सञ्चालनम आउन सकेका थिएनन् भने कुनै विद्युत प्राधीकरणले समयमा नै विद्युत मिटर नदिएको कारण सञ्चालनमा आएका थिएनन् ।

यता नेपाल सरकार भुमीगत जलस्रोत विकास समिति बुटवलका ईन्जीनियर पुर्णलाला विश्वकर्माका अनुसार रुपन्देहीमा थप २ स्थानमा डिप ट्युवेल जडान गरिएको छ वितरण प्रक्रियामा २ वटा रहेका छन् । यि ट्युवेलमा पनि टान्समिटर मार्फत विद्युत सप्लाई गर्नुपर्ने हुन्छ । जुन सञ्चालन गर्दा समेत किसानले थप अतिरिक्त चार्ज अर्थात डिमाण्ड चार्ज मार्फत विद्युत प्राधिकरणलाई रकम भुत्तानी गर्नुपर्ने हुन्छ ।

नेपाल सकारले डिप ट्युयवेल जडान गर्नको लागि एकै पटकमा अनुदान रकम उपलब्ध नगराउदा एउटा डिप ट्युवेल सञ्चालन गर्न करिव ३ बर्ष लाग्न सक्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘पहिलो बर्ष डिप धसाउनको लागि मात्र रकम दिन्छ, दोस्रो बर्ष मात्र अन्य सिस्टम(भवन, टंकी पाईप) निर्माणको लागि पैसा दिन्न, तेस्रो बर्षबाट मात्र उपभोक्ताले सिंचाही गर्न पाउछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला