२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

६ जिल्लामा भुमीगत सिंचाही प्रणाली, किसानको माग उच्च : आपुर्ती न्युन

२०७२, १७ भाद्र बिहीबार ०४:५२

कृष्ण खनाल, भदौ १७, बुटवल । तराईका भु–भागमा नदी र नहरबाट खेतीयोग्य जमिन सिंचाहीको लागि सहज नभएपछि किसानहरुले स्यालो ट्युवेल र डीप ट्युवेल मार्फत पानी तानेर सिंचाही गर्दै आएका छन् । खासगरी रुपन्देही, कपिवस्तु, नवलपरासी जिल्ला र पहाडी जिल्ला गुल्मी, पाल्पा स्याङ्जाका समथर भेगमा किसानहरुले सरकारले अनुदानमा प्रदान गर्ने स्यालो ट्युवेल तथा डिपट्वेल र ईनार मार्फत सिंचाहीगरी कृषि प्राणाली अपनाउने गरेका छन् ।

अनुदानको रुपमा प्रदान गर्ने ट्युवेल नेपाल सरकारले किसानहरुको माग भन्दा झेडै कयौ गुणा कम मात्रामा आपुर्ती गर्दै आएको छ । रुपन्देही जिल्लामा कार्यालय रहेको भुमीगत जलस्रोत विकास समितिले लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी र गण्डकी अञ्जलका स्याङ्जा जिल्लामा समेत काम गर्दै आएको छ । यि जिल्ला बाट बर्सेनी अनुदानबापतको स्यालो ट्युवेल, पम्प र डीप ट्युवेलको लागि बर्षेनी सयौ किसानहरुले आवेदन दिन्छन् । तर बजेट अभावको कारण देखाउदै सरकाले माग अनुसार आपुर्ती गर्न सकेको छैन ।

भुमीगत जल स्रोत विकास समिति बुटवलका ईन्जीनियर पुर्णलाल विश्वकर्माका अनुसार कयौं बर्ष देखि नै किसानहरुले मागअनुसार आपुर्ती हुन सकेको छैन । उनी भन्छन्–‘२७/२८ सय किसानको माग निवेदन थन्कीएका छन् ।’

आर्थिक बर्ष २०७१/७२ मा रुपन्देही जिल्लामा थप १ सय ३४ जनाले स्यालो ट्यवेलको लागि आवेदन दिएका छन् । अघिल्लो बर्षमा रुपन्देहीमा ३ हजार ६० स्यालो ट्युवेलको माग भएपनि ३ बर्षमा १ हजार २ सय ६८ वटा मात्र ट्युवेल वितरण गरिएको छ ।
ईन्जीनियर विश्वकर्मा भन्छन्–‘सरकारबाट बजेट नै थोरै आउछ, किसानहरुको माग अनुसार क्रमसः अनुदान दिदै जाने हो ।’ एउटा स्यालो ट्युवेल जडानको लागि करिव करिव ९० हजार रुपैया लाग्छ । जसमा किसानले १० प्रतिशत श्रमदान गर्नुपर्दछ ।

जसबाट ४ विघा क्षेत्रफलमा सिंचाही गर्न सकिन्छ । गत आर्थिक बर्षमा भुमिगत जलस्रोत विकास समितिमा कुल १२ करोड ८५ लाख २७ हजार ४ रुपैया विनियोजन भएको समयमा नै बजेट विनियोजन नभएकोले १ करोड १७ लाख ६१ हजार ५ सय ६४ रुपैयाँ ४२ पैसा बजेट फ्रिज भएको छ । जुन अनुदान अधिकांस भारतिय अनुदानको रकम हो । उक्त आर्थिक बर्षमा कुल ११ करोड ६७ लाख ६५ हजार ४ सय ३९ रुपैयाँ ५८ पैसा रकम खर्च भएको जनाइएको छ ।

सोही आर्थिक बर्षमा रुपन्देहीमा २ सय वटा स्यालो ट्युवेल, २ वटा डीप ट्युवेल जडान भएका छन् भने २ वटा वितरण प्रक्रियामा रहेका छन् । भने सोही अवधीमा भारतिय सरकारको आई. डब्लु. आर. एम. पी.परियोजना मार्फत १ सय १४ वटा स्यालो र १ सय १४ वटा नै पम्प समेत वितरण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा रुपन्देहीमा २ सय ३६ वटा स्यालो जडान गरिएको थियो ।

त्यस्तै कपिलबस्तु जिल्लामा स्यालो १ सय ५० वटा, डिप १ वटा जडान गरिएको छ भने १ वटा प्रक्रियामा रहेका छ । भारतिय सहयोग मार्फत‘ईन्डीएन ग्राण्ड’ मार्फत १ सय १४ वटा पम्प वितरण भएको छ । गत बर्ष २०७०÷०७१ मा कपिलवस्तुमा १ सय ६१ स्यालो जडान गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो जिल्लामा २ सय ५१ स्यालो ट्युबेल जडान गरिएको थियो । त्यस्तै रुपन्देहीमा गत आर्थिक वर्षमा १ सय ४२ वटा स्यालो जडान भएका छन् ।

नवलपरासी जिल्लामा स्यालो ट्युवेल १ सय १९, डिप ५ वटा, २ वटा प्रक्रियामा रहेका छन् भने भारतिय सरकारबाट १ सय २५ वटा स्यालो ट्युवेल र १ सय २० वटा पम्पमा सहयोग गरिएको छ । स्याङ्जा जिल्लामा कुल ३९ वटा स्यालो ट्युवेल तथा ईनार निर्माण गरिएको छ । गुल्मीमा १२ वटा, पाल्पामा १९ वटा स्यालो ट्युवेल र ईनार निर्माण गरिएको छ ।

यसैगरी नवलपरासीमा आर्थिक बर्ष २०७०÷०७१ मा २ सय ६२ स्यालो जडान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा नवलपरासीमा ३ सय ५५ स्यालो जडान गरिएको कार्यालय प्रमुख खत्रीले जानकारी दिए । त्यस्तै गत आर्थिक वर्षमा पाल्पामा १९, स्याङजामा ३५ र गुल्मीमा ७ वटा स्यालो जडान गरिएको कार्यालयले तथ्याङ्क दिएको छ । अघिल्लो आर्थिक वर्षमा पाल्पामा १० र स्याङ्जामा ५ वटा स्यालो ट्युबेल जडान गरिएको थियो । पहाडको तुलनामा तराईमा स्यालोको माग बढी रहेको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको ‘सातवर्ष दीर्घकालीन कृषि योजना’ अन्तर्गत आर्थिक वर्ष २०६७÷०६८ बाट स्यालो ट्युवेल जडान कार्यक्रम सुरु भएको हो । शाखा कार्यालय बुटवलले तीन बर्षको अवधिमा नवलपरासीमा ३ हजार ५ सय ४३ स्यालो ट्युबेलको माग भएपनि अहिले सम्म जम्मा १ हजार ७ सय २१ स्यालो जडान गरेको छ ।

रुपन्देही जिल्लामा कुल सिंचाही योग्य जमिन ६२ हजार ५९ हेक्टर रहेकोमा भुमिगत सिंचाईं प्रणाली अन्र्तगत १० हजार ६ सय २० हेक्टर क्षेत्रफलमा सिंचाईं हुदैँ आएको छ । जसमा भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जलस्रोत) को कार्याक्षेत्र समेटिएको छैन । त्यस्तै पाल्पा जिल्लामा १ सय २२ हेक्टर क्षेत्रफलमा भुमगित स्रिंचाई प्रणाली अन्र्तगत सिंचाईं हुँदै आएको छ भने, कपिलवस्तु जिल्लामा ६५ हजार ५ सय २३ सिंचाही हुन सक्ने जमिन रहेकोमा ५ हजार १ सय ९ हेक्टर जमिन भुमिगत सिंचाई प्रणाली अनुसार सिंचाई हुदै आएको छ ।

नवलपरासी जिल्लामा ८६ हजार ५ सय ५ हेक्टर क्षेत्रफलमा सिंचाई पुगेकोमा १० हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा भुमिगत सिंचाई प्रणाली अनुसार सिंचाई हुँदै आएको छ भने स्याङ्जा जिल्लामा करिव १ सय हेक्टर क्षेत्रफल सिंचाईं रहेकोमा ४० हेक्टर भुमिगत जलस्रोत प्रणाली अनुसार सिंचाई हुदै आएको भुमिगत जलस्रोत विकास समितिको कार्यालय बुटवलले जनाएको छ । भुमिगत जलस्रोत विकास समिति बुटवल शाखा कार्यालयबाट रुपन्देही जिल्लामा १० हजार ६ सय २० हेक्टर क्षेत्रफल सिंचाईको लागि गत बर्ष सम्म कुल ३ हजार ८ सय ७२ वटा स्यालो र डिप ट्युवेल निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन