२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बाघले २१ वटा बाख्रा मार्यो

२२ श्रावण २०७६, बुधबार १५:१६

 साउन २२, ओखलढुङ्गा । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो ।

आज बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो ।

तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताउनुभयो । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताउनुभयो ।

रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि  भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परोको हुन सक्ने बताउनुभयो । सामान्तः पहाडी जिल्लामा माघ विरलै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता