२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बाघले २१ वटा बाख्रा मार्यो

२०७६, २२ श्रावण बुधबार १५:१६

 साउन २२, ओखलढुङ्गा । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो ।

आज बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो ।

तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताउनुभयो । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताउनुभयो ।

रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि  भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परोको हुन सक्ने बताउनुभयो । सामान्तः पहाडी जिल्लामा माघ विरलै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन