२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रदेश १ को तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

२०७६, २४ श्रावण शुक्रबार ०२:५४

 साउन २४, खोटाङ  । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिनुभयो । “राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ”, उहाँले भन्नुभयो, “मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।”

टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही एनसेल मोबाइल प्रयोग गर्न बाध्य बनेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा ठूलो असर पुगेको छ । जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ ।

 टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार–व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “अहिले सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ”, उहाँले भन्नुभयो, “टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको छ ।”

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ । चित्रेको टावर उदयपुर र खोटाङ दुवै जिल्लाबाट अभेगमा रहेकाले पटक–पटक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन