२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रदेश १ को तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

२४ श्रावण २०७६, शुक्रबार ०२:५४

 साउन २४, खोटाङ  । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिनुभयो । “राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ”, उहाँले भन्नुभयो, “मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।”

टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही एनसेल मोबाइल प्रयोग गर्न बाध्य बनेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा ठूलो असर पुगेको छ । जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ ।

 टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार–व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “अहिले सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ”, उहाँले भन्नुभयो, “टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको छ ।”

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ । चित्रेको टावर उदयपुर र खोटाङ दुवै जिल्लाबाट अभेगमा रहेकाले पटक–पटक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान