२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा सडक डिभिजन कार्यालय प्रमुख नौ लाख घुस रकमसहित पक्राउ

२४ श्रावण २०७६, शुक्रबार ०५:१२

साउन २४, कास्की (रासस) । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ ।

आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ ।

प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै