४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

२६ श्रावण २०७६, आईतवार ०२:१५

साउन २६, रसुवा ।गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने  यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट नेपालले  स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्न थालिसकेका छन् ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक गोसाइँकुण्ड मेलामा स्नान र पूजाआजाका लागि १५ हजार भक्तजन निलाद्री पर्वत पुग्ने लक्ष्यका साथ प्राथमिक उपचारको साथै उद्वारसमेतको व्यवस्था मिलाइसकिएकाले  गोसाइँकुण्डको यात्रा गर्न सम्पुर्ण तीर्थालुसमक्ष आग्रह गरिएको अध्यक्ष डिएमले बताउनुभयो ।

दुई दशकदेखि पवित्र तीर्थको बढी लेक लाग्ने स्थानमै शिविरको माध्यमबाट अक्सिजनसहितको उपचार सेवा दिँदै आएको हिमालय उद्वार सङ्घले यस वर्ष छ दक्ष चिकित्सकसहितको टोली परिचालन गरेकाले आकस्मिक उपचार सेवामा कुनै कमी नआउने  गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

कुनै यात्रुलाई लेक लाग्ने समस्या आइहालेमा नेपाली सेनालागायतका सुरक्षा अङ्गद्वारा तुरून्तै उद्वार गरी होचो भू–भागमा पु¥याउने व्यवस्थासमेत मिलाइसकिएको बताइएको छ । उद्वारको व्यवस्था यही २६ गते आइतबारदेखि ३० गते जनैपूर्णिमाको दिनसम्म विशेष मेलामा टाढा–टाढाबाट आउने तीर्थयात्रीका लागि उद्वारको सहयोग निर्वाधरूपले हुने स्थानीय प्रशासनले जनाएको छ । यात्रुलाई  खान तथा बस्न धुञ्चेको तिवारीबगरदेखि गोसाइँकुण्डसम्म ८५ अस्थायी छात्रा (थर्कु) र स्थायीरूपका पक्की १७ होटल सञ्चालनमा रहेको बताइएको छ ।

यात्रुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाई  सुरक्षाकर्मीसमेत परिचालन भइसकेको बताउँदै जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ओमप्रसाद वाग्लेले सुरक्षाको थप जानकारीका लागि नजिकको प्रहरी बिट वा जिल्ला प्रहरी कार्यालय रसुवाको टेलिफोन नम्बर ०१०–५४०१९९ टोल फ्रि नम्बर १००, प्रहरी प्रवक्ताको मोबाइल नं ९८५१२५४९६० र ट्राफिक प्रहरीको मोबाइल नं ९८५१२८२६६८ मा सम्पर्क राख्न सम्पूर्ण यात्रुहरूमा आग्रह गरिएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ