२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुई हप्तामै भत्कियो कालोपत्रे, ट्याक्टरलाई दोष !

२७ श्रावण २०७६, सोमबार १०:२५

साउन २७, दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ । दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा कालोपत्र गर्नेबित्तिकै ट्र्याक्टर गुडाएका कारण भत्किएको स्थानीयको भनाइ छ ।

खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पाङ्ग्राले सडक किनाराको केही भाग भत्काएको हो । गण्डकी प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयवासीले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् ।

तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताहरुको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीयवासी बताउँछन् । सङ्घीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ को  कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८०० मिटर सडकमा पक्की  नालासहित कालोपत्र गरिएको थियो ।

भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको एक करोड रुपैयाँ बजेटबाट कालोपत्र गरिएको हो । सङ्घ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्सट्रक्शन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्शनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसी पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती सडकमा लगिँदा सडक भत्किएको बताए ।

भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उनले शाखा सडकभन्दा निर्माण गरिएको सडक अग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा भत्किएको जानकारी दिए ।

भौतिक पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले सडक कालोपत्रको गुणस्तरमा कुनै कमजोरी नभए पनि तत्कालै लोड ट्र्याक्टर हिँडाएको कारण सडकमा क्षति पुगेको बताए । यस बारेमा अझ स्थलगत अध्ययनपछि थाहा हुने भन्दै भण्डारीले उक्त कालोपत्रको भुक्तानी भइनसकेको हुँदा गुणस्तरहीन काम भएको भए भुक्तानी रोक्ने जानकारी दिए ।

छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य