२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

उज्यालो भक्तपुर अभियानको शुभारम्भ

२०७६, २८ श्रावण मंगलवार ०५:०८

साउन २८, भक्तपुर । भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आउनुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गर्नुभएको छ ।

सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको शुरुआत भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महीनासम्म लाग्नुभएका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पु¥याएकामा धन्यवाद भन्न चाहन्छु ।”

भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उहाँले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ।”

भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको बताउनुभयो । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताउनुभयो । उहाँले बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन