२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक

३१ श्रावण २०७६, शुक्रबार ०२:१८

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार देखिएको छैन । 

लोकमार्गको ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरामा केही प्रतिशत काम भए पनि कञ्चनपुरको ब्रह्मदेवमा भने कुनै काम हुन सकेको छैन । तीन वर्षअघि दश किलोमिटर ट्रयाक खोल्ने सम्झौताको थियो । “लोकमार्गअन्तर्गत चारै जिल्लामा ट्रयाक खोल्न तीन वर्षअघि रु ५२ करोड ठेक्का सम्झौता भएको थियो”, महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले रासससित भन्नुभयो–, “कञ्चनपुरको क्षेत्रमा पर्ने लोकमार्गको काम वनको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) रिपोर्ट नआउँदा गर्न सकिएको छैन ।” 

विसं २०६६ देखि लोकमार्गको काम थालिए पनि २०७२ सालसम्म आइपुग्दा खासै प्रगति भएको पाइन्न । पहाडी क्षेत्रमा चट्टान फुटाउन विष्फोटक पदार्थको अभाव हुँदा काम प्रभावित हुन पुगेको योजनाका कर्मचारी बताउँछन् । हालसम्म १५१ किलोमिटर क्षेत्रमा ठेक्का व्यवस्थापन भए पनि लोकमार्गको २७४ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामा जान नसकिएको पन्तको भनाइ छ ।

कूल रु एक अर्ब ३३ करोड लागत अनुमान गरिएको सो लोकमार्गको काम अगाडि बढाउन चालू आवमा सङ्घीय सरकारबाट रु ३२ करोड विनियोजन भएको छ । “अघिल्लो आवमा रु ३१ करोड आएको थियो”, पन्तले भन्नुभयो, “कामले तीव्रता पाउन सकेको छैन ।” कञ्चनपुरमा ट्रयाक खोल्नुपर्ने चुरे क्षेत्रमा रुख पर्ने भएकाले इआइए रिपोर्टका लागि पर्खिएको योजना प्रमुख पन्तले बताउनुभयो । 

“ब्रह्मदेव क्षेत्रमा चालू आवभित्रै ट्रयाक खोल्ने काम हुन्छ”, उहाँले भन्नुभयो, “दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न भागमा नयाँ ट्रयाक खोल्ने काम धमाधम हुँदैछ ।” दुई लेनको उक्त लोकमार्गअन्तर्गत गत आवमा दार्चुलामा आठ किलोमिटर, बैतडीमा पाँच र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोल्ने काम भएको पन्तले जानकारी दिनुभयो ।

“गत वर्ष दार्चुला–तिंकर जोड्ने सडकको २० किलोमिटर  ट्रयाक खोेल्ने लक्ष्य राखिएको थियो”, पन्तले भन्नुभयो, “हामी २५ किलोमिटर नयाँ ट्रयाक खोल्न सफल भएका छौँ ।” गत वर्ष नै २५ किलोमिटर सडक चौडा गर्ने लक्ष्य लिएकामा ३८ किलोमिटर सडक चौडा गरिएको उहाँको भनाइ छ । योजनाअन्तर्गत हालसम्म डडेल्धुरामा ११ किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर ट्रयाक खोलिएको छ ।

लोकमार्गअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । हालसम्म खोलिएको १५१ किलोमिटर ट्रयाकमा योजनाको रु ३३ करोड खर्च भइसकेको छ । निर्माणको जिम्मा पाएको लामा, चन्द्रा एण्ड वसन्ता जेभीका निर्माण व्यवसायीले पनि कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ‘इआइए’ रिपोर्टका कारण काममा ढिलाइ भएको बताएका छन् । 

चीनको तिब्बतसँग जोड्न तिंकरसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली लोकमार्गको  विकास गर्ने लक्ष्य छ । सडक निर्माणको गति सन्तोषजनक नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल बताउनुहुन्छ । “सडक निर्माण गरिए सुदूरपश्चिमको आर्थिक समृद्धिको सेतु महाकाली लोकमार्ग बन्न सक्छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशकै विकाससित जोडिएको उक्त सडक निर्माण गर्न प्रदेश सरकारले चासो लिनु पर्छ ।”

लोकमार्ग विस्तारपछि तिंकर नाकालाई नेपाल, भारत र चीनको त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । “तिंकरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्ने योजनाले पूर्णता पाउनुपर्छ”, उहाँले भन्नुभयो, “लोकमार्ग चाँडो सम्पन्न गर्न निजी क्षेत्रले सम्बन्धित निकायसँग माग गर्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै