२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक

२०७६, ३१ श्रावण शुक्रबार ०२:१८

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार देखिएको छैन । 

लोकमार्गको ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरामा केही प्रतिशत काम भए पनि कञ्चनपुरको ब्रह्मदेवमा भने कुनै काम हुन सकेको छैन । तीन वर्षअघि दश किलोमिटर ट्रयाक खोल्ने सम्झौताको थियो । “लोकमार्गअन्तर्गत चारै जिल्लामा ट्रयाक खोल्न तीन वर्षअघि रु ५२ करोड ठेक्का सम्झौता भएको थियो”, महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले रासससित भन्नुभयो–, “कञ्चनपुरको क्षेत्रमा पर्ने लोकमार्गको काम वनको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) रिपोर्ट नआउँदा गर्न सकिएको छैन ।” 

विसं २०६६ देखि लोकमार्गको काम थालिए पनि २०७२ सालसम्म आइपुग्दा खासै प्रगति भएको पाइन्न । पहाडी क्षेत्रमा चट्टान फुटाउन विष्फोटक पदार्थको अभाव हुँदा काम प्रभावित हुन पुगेको योजनाका कर्मचारी बताउँछन् । हालसम्म १५१ किलोमिटर क्षेत्रमा ठेक्का व्यवस्थापन भए पनि लोकमार्गको २७४ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामा जान नसकिएको पन्तको भनाइ छ ।

कूल रु एक अर्ब ३३ करोड लागत अनुमान गरिएको सो लोकमार्गको काम अगाडि बढाउन चालू आवमा सङ्घीय सरकारबाट रु ३२ करोड विनियोजन भएको छ । “अघिल्लो आवमा रु ३१ करोड आएको थियो”, पन्तले भन्नुभयो, “कामले तीव्रता पाउन सकेको छैन ।” कञ्चनपुरमा ट्रयाक खोल्नुपर्ने चुरे क्षेत्रमा रुख पर्ने भएकाले इआइए रिपोर्टका लागि पर्खिएको योजना प्रमुख पन्तले बताउनुभयो । 

“ब्रह्मदेव क्षेत्रमा चालू आवभित्रै ट्रयाक खोल्ने काम हुन्छ”, उहाँले भन्नुभयो, “दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न भागमा नयाँ ट्रयाक खोल्ने काम धमाधम हुँदैछ ।” दुई लेनको उक्त लोकमार्गअन्तर्गत गत आवमा दार्चुलामा आठ किलोमिटर, बैतडीमा पाँच र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोल्ने काम भएको पन्तले जानकारी दिनुभयो ।

“गत वर्ष दार्चुला–तिंकर जोड्ने सडकको २० किलोमिटर  ट्रयाक खोेल्ने लक्ष्य राखिएको थियो”, पन्तले भन्नुभयो, “हामी २५ किलोमिटर नयाँ ट्रयाक खोल्न सफल भएका छौँ ।” गत वर्ष नै २५ किलोमिटर सडक चौडा गर्ने लक्ष्य लिएकामा ३८ किलोमिटर सडक चौडा गरिएको उहाँको भनाइ छ । योजनाअन्तर्गत हालसम्म डडेल्धुरामा ११ किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर ट्रयाक खोलिएको छ ।

लोकमार्गअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । हालसम्म खोलिएको १५१ किलोमिटर ट्रयाकमा योजनाको रु ३३ करोड खर्च भइसकेको छ । निर्माणको जिम्मा पाएको लामा, चन्द्रा एण्ड वसन्ता जेभीका निर्माण व्यवसायीले पनि कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ‘इआइए’ रिपोर्टका कारण काममा ढिलाइ भएको बताएका छन् । 

चीनको तिब्बतसँग जोड्न तिंकरसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली लोकमार्गको  विकास गर्ने लक्ष्य छ । सडक निर्माणको गति सन्तोषजनक नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल बताउनुहुन्छ । “सडक निर्माण गरिए सुदूरपश्चिमको आर्थिक समृद्धिको सेतु महाकाली लोकमार्ग बन्न सक्छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशकै विकाससित जोडिएको उक्त सडक निर्माण गर्न प्रदेश सरकारले चासो लिनु पर्छ ।”

लोकमार्ग विस्तारपछि तिंकर नाकालाई नेपाल, भारत र चीनको त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । “तिंकरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्ने योजनाले पूर्णता पाउनुपर्छ”, उहाँले भन्नुभयो, “लोकमार्ग चाँडो सम्पन्न गर्न निजी क्षेत्रले सम्बन्धित निकायसँग माग गर्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा