२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

१६ दिनपछि खुल्यो लोकमार्ग

३ भाद्र २०७६, मंगलवार १४:३९

भदौ ३, बागलुङ । बाढीले क्षति पु¥याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आज दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ ।

“सानाठूला सबै सवारीसाधन आउजाउ गर्न थालेका छन्”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भन्नुभयो । एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन भने शुक्रबारदेखि नै एकतर्फीरूपमा चल्न थालेका थिए । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको थियो । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । 

लोकमार्ग हुँदै छोटो तथा लामो दूरीमा छुट्ने सवारीसाधन पूर्ववत् अवस्थामा चल्न थालेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको थियो । 

पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका थिएनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात सेवा रोकिएको थियो । लोकमार्ग खुलेसँगै अवरुद्ध भएको ठाउँमा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ठप्पै बनेको खाद्यान्न र निर्माण सामग्रीको ढुवानी पनि पुनःसञ्चालन भएको छ । लोकमार्ग खुल्न थप ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था थियो ।

आयोजना व्यवस्थापनले पनि भदौ ५ गतेभित्र लोकमार्ग खोल्ने लक्ष्य लिएको थियो । तत्काललाई अस्थायी मार्ग खोले पनि पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ । 

“नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भन्नुभयो । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समयसम्म लोकमार्ग अवरुद्ध पारेको थियो । सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा कृतिम ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल