२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार

२०७६, ६ भाद्र शुक्रबार १२:४२

भदौ ६, जाकार्ता, इन्डोनेसिया (रासस/एएफपी) । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना वेपत्ता भएका एक अधिकारीले बताएका छन् ।

शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत २५५ जनालाई सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् ।

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए । 

सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताउनुभयोे, “यात्रारत २७७ जनामध्ये २५५ जनालाई सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।” 

डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान शुरू भइसकेको नुग्रोहोले बताउनुभयो । 

करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत बर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो । यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन