२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राम्रा काम भएकैछैन झैँ गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

२०७६, ७ भाद्र शनिबार ०९:५०

भदौ ७, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उहाँले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताउनुभयो ।

काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।” 

समाजमा भएका खराबी विरुद्ध लड्ने सामथ्र्य सरकारसँग रहेको जिकिर गर्दै मन्त्री ज्ञवालीले प्रश्न गर्नुभयो, “भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?” वेल्जिएममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रष्ट्याउँदै देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको उहाँको जिकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उहाँको दाबी छ । “कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नी”, मन्त्री ज्ञवालीले भन्नुभयो । 

ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उहाँले विकृति विरुद्धको लडाइँ शुरु भएको उल्लेख गर्नुभयो । फरक प्रसङ्ग जोड्दै मन्त्री ज्ञवालीले नेपाली समाजको बहुआयामिक सँस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई  चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

बेइजिङ ओलम्पिकमासमेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्याङ्कन गरिरहेको र गरिरहने बताउँदै उहाँले आज जोशीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । मुलुकका अन्य गतिविधि पछाडि परेपनि सँस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उहाँको भनाइ थियो । विश्व व्यापारीकरणलगायत कारणले पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिमा अतिक्रमण भइरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । उहाँले गलत गतिविधि रोक्दै पश्चिमाहरुको विकासबाट पाठ सिकेर गलत परम्परालाई हटाउँदै जानु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने